प्रदेश 2

ट्र्याक्टरबाट लडेर युवकको मृत्यु

लहान । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिका–९ मा आज ट्र्याक्टरबाट लडेर एक युवकको मृत्यु भएको छ । परीक्षणमा रहेको ट्र्याक्टरबाट लडेर सिरहाको मिर्चैया नगरपालिका–९ निवासी २२ वर्षीय श्रीराम सदाको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते सदालाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।