अन्तर्राष्ट्रिय

रेकर्ड भएको सन्देश सामाजिक सञ्जालमा पोष्ट अनुसार गुएइदोका सेना प्रमुख पक्राउ

काराकास । भेनेजुयलाका स्वघोषित अन्तरिम राष्ट्रपति हुवाँ गुएइदोका सेना प्रमुख रोबेर्टो मारेरोलाई भेनेजुयलाका अधिकारीले जानकारी गराएका छन् ।

अमेरिका, यूरोपलगायतका अन्य केही मुलुकहरूद्वारा मान्यताप्राप्त नेता गुएइदो तथा विपक्षी दलले ट्वीटरमार्फत दिएको जानकारी अनुसार मारेरोलाई बिहीबार बिहानै नीजको घरबाटै भेनेजुयली अधिकारीले पक्राउ गरी लगेका गुएइदोले बताए ।

यस्तै मारेरोले पनि आफ्नै आवाजमा रेकर्ड भएको सन्देश सामाजिक सञ्जालमा पोष्ट गरी सरकारी गुप्तचर अधिकारीले आफूलाई पक्राउ गरेको जानकारी गराएका छन् ।

संयुक्त राज्य अमेरिकाले भेनेजुयली राष्ट्रपति निकोलास मदुरोको सरकारलाई राजनीतिक अधिकारका लागि आन्दोलनरत विपक्षी नेता गुएइदो तथा उनका सहयोगीलाई पक्राउ नगर्न पटक पटक दिएको चेतावनीका बाबजुद मारेरोलाई पक्राउ गरिएको हो ।

मारेरोको पक्राउपछि उहाँको अवस्थाबारे सरकारले औपचारिक रूपमा जानकारी गराएको छैन ।