आर्थिक

मुक्तिनाथ विकास बैंक र महालक्ष्मीलाईफ इन्स्योरेन्स बीच सम्झौता सम्पन्न

काठमाडौँ । मुक्तिनाथ बिकास बैंक र महालक्ष्मीलाईफ इन्स्योरेन्स बीचबीमा सेवादिने सम्बन्धमा आज एक समारोह बीच सम्झौता सम्पन्न भएको छ ।

सम्झौताअनुसार मुक्तिनाथ बिकास बैंकले देश भर रहेका आफ्ना १२० शाखाबाट महालक्ष्मीलाईफ इन्स्योरेन्सको जीवनबीमा योजना बिक्री गर्ने छ ।  महालक्ष्मीलाईफ इन्स्योरेन्सले साबधिकबीमा योजना, डबल सावधिकबीमा योजना र लगानीफिर्ता बीमा योजना सार्वजनिक गर्दै २०७५ माघ २७ गतेबाट कारोबार प्रारम्भ गरेको छ ।

महालक्ष्मीलाईफ इन्स्योरेन्सले काठमाण्डौं, पोखरा, बीरगंज, इटहरी, लहान, नारायणघाट, बुटवल, कोहलपुर र सुर्खेतबाट कारोबार प्रारम्भ गरिसकेको छ र यहि चैत्र महिनाभित्र काठमाडौ उपत्यकाका १० स्थानबाट कारोबार संचालनको तैयारी गरिरहेको छ । सम्झौतामा मुक्तिनाथबिकास बैंकको तर्फबाट का.वा. प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरूङ्ग र महालक्ष्मीलाईफ इन्स्योरेन्सको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत कमलपन्थीले हस्ताक्षर गरे ।