अन्तर्राष्ट्रिय

जम्मु काश्मिरमा तीन जना प्रहरी जवानको हत्या

उधमपुर । भारत नियन्त्रित जम्मु–काश्मिरमा खटिएका तीन जना सशस्त्र फौज ९सिआरपिएफ०का जवानको आफ्नै साथीले चलाएको गोली लागेर मृत्यु भएको छ ।

साथीलाई गोली हान्ने जवानले पनि आफैंले आफूमाथि गोली चलाएका थिए । उनको अवस्था गम्भीर रहेको बताइएको छ ।

सिआरपिएफका कमान्डर हरिन्दर कुमारले घटनाको पुष्टी गर्दै घटनाको मुख्य कारण पहिल्याउने प्रयास भइरहेको जानकारी दिए ।