समाचार

ट्याक्टरबाट खसेर एक महिलाको मृत्यु

काठमाडौँ । फागु पूर्णिमा मनाएर फर्किने क्रममा ट्याक्टरबाट खसेर बुधबार साँझ एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्नया–३ का ४५ वर्षीया सीतादेवी ऐरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए।

महाकाली राजमार्गअन्तर्गत धरमघर होली खेलेर घर फर्किने क्रममा सुर्नया गाउँपालिका–३ धरमघर नजिकै ठूलाखोला भन्ने स्थानमा ट्याक्टरबाट खसेर उहाँकोे मृत्यु भएको प्रहरीले जनाएको छ ।

साँझ ६ बजेतिर से१त ७६४९ नंको ट्याक्टरको ट्रालीबाट ऐरीले हामफाल्दा गम्भीर घाइते भएकी ऐरीलाई जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । चालक दीपक डगौंरा र ट्याक्टर प्रहरीको नियन्त्रणमा छ ।