पु.समाचार

फागु जस्ता विविध संस्कृतिले राष्ट्र सम्पन्न छ: नेता श्रेष्ठ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता कृष्णगोपाल श्रेष्ठले मुलुकमा विभिन्न जाति तथा समुदायका फरक परम्परा तथा संस्कृतिको संरक्षण र संवद्र्धनबाट देश सम्पन्न हुने बताएका छन् ।

बल्खु तराई समाजले फागु पर्वका अवसरमा आज आयोजना गरेको सांस्कृतिक कार्यक्रमको शुभारम्भ गर्दै नेता श्रेष्ठले मुलुकमा रहेको विविधतालाई एकताबद्ध गरी एकापसमा सद्भाव कायम गर्ने यस पर्वले सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।

उनले भने, “प्राचीन समयदेखि कुनै न कुनै मान्यता र विश्वासका आधारमा परम्परा, रीतिरिवाजका अभ्यास गरिएका छन्, तिनका वैज्ञानिक आधार छन्, तिनको गहिरो अध्ययन अनुसन्धानको खाँचो छ ।” “हाम्रा वेशभूषा, भाषा, कलासंस्कृति पहिचान हुन्, यसलाई अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्नुपर्छ,” उनले भने ।

समाजका अध्यक्ष हरिकान्त पाठकले असत्यमाथि सत्यको विजयको सन्देश दिन गरिने फागु पर्वलाई प्रवद्र्धन गर्नका लागि विगत एक दशकदेखि सांस्कृतिक कार्यक्रम गर्दै आएको जानकारी गराए ।

काठमाडौँ उपत्यकामा महत्वपूर्ण पर्वका रुपमा लिइएको फागु पर्व प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरमा चीर ठड्याएपछि शुरु भएको मानिन्छ । उक्त दिन शुभसाइत हेरी विधिवत्रुपमा मयलको रूखलाई रङ्गीबिरङ्गी ध्वजापताकाले सजाएर ‘चीर’ उठाइएपछि सो पर्व फागु पूर्णिमा ९आज० सम्म मनाइन्छ । आज राति शुभसाइतमा ‘चीर’ दहन गरिन्छ ।