समाचार

केटीको विहे गर्नेवित्तिकै नेपाली नागरिकता दिने विधेयक फिर्ता लिन माग

काठमाडौँ । नेकपा (माले)ले सङ्घीय संसद्मा पेश गरेको नागरिकता ऐन–२०६३ को संशोधन विधेयकका आमाको नामबाट वंशजको नागरिकता पाउनुपर्ने र नेपाली पुरुषसँग विवाह गरेकी विदेशी महिलाले स्वतः अङ्गीकृत नेपाली नागरिकता पाउनुपर्नेजस्ता माग राष्ट्रिय हित विपरीत रहेको ठहर गरेको छ ।

पार्टीका महासचिव सिपी मैनालीको अध्यक्षतामा केन्द्रीय कार्यालय, रातोपुल, काठमाडौँमा सम्पन्न स्थायी कमिटीको बैठकले सरकारले संसद्मा विचाराधीन रहेको नागरिकता संशोधन विधेयकलाई फिर्ता लिई विशेषज्ञ र जनस्तरसम्म व्यापक छलफल चलाउँदै उपरोक्त माग सम्बन्धमा राष्ट्रिय हित अनुकूलका प्रावधान ऐनमा समेट्न माग गरेको हो ।

विसं २०४६ चैत मसान्तभित्र नेपालमा जन्मी यहीँ बसोबास गर्ने आधारमा जन्मसिद्ध नेपाली नागरिकता प्राप्त गर्नेका सन्तानले त्यसप्रकार वितरित भएका नागरिकता प्रमाणपत्रको न्यायिक छानबिन गर्न सरकारलाई आग्रह गरेको छ । कुनै मापदण्डबिना आमाको नामबाट वंशजको नेपाली नागरिकता पाउनुपर्ने र नेपाली नागरिकता कायम राख्तै विदेशीसँग विवाह गर्ने विषयले राष्ट्रियता कमजोर बनाउने निष्कर्ष निकालेको छ ।

सेना परिचालनमा राष्ट्रिय सुरक्षा समिति र राष्ट्रपतिको भूमिकालाई न्यूनीकरण गरिएमा जनतामाथि निरङ्कुशतन्त्र र सैनिक शासनको खतरा बढने हुँदा त्यसतर्फ सतर्क हुन सरकरलाई बैठकले आग्रह गरेको छ ।