आर्थिक

सहकारी संस्थालाई समस्याग्रस्त संस्था घोषणा

काठमाडौँ । सरकारले सोसाइटल बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त संस्था घोषणा गरेको छ । सहकारी ऐन, २०७४ को दफा १०४ को उपदफा ९१० अनुसार उक्त सहकारीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीको मन्त्रिस्तरीय निर्णयबाट सस्याग्रस्त संस्था घोषणा गरिएको हो ।

सो संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीसम्बन्धी कार्य गर्न सहकारी ऐनअनुसार गठित समस्याग्रस्त सहकारी संस्था वा सङ्घको व्यवस्थापन समितिलाई तोकिएको सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको छ । उक्त सहकारी विसं २०५६ सालमा डिभिजन सहकारी कार्यालय काठमाडौँमा दर्ता भई वित्तीय कारोबार गर्दै आएको थियो ।