सुदूरपश्चिम

नगरपालिकामा डिजिटल सूचना पाटी जडान

डोटी । नगरपालिकाबाट दिइने सेवा सुविधाको बारेमा आम नागरिकलाई बुझ्न सजिलो होस् भन्नका लागि शिखर नगरपालिकामा डिजिटल सूचना पाटी जडान गरिएको छ । जिल्लामै पहिलोपटक उक्त नगरपालिकामा सेवाग्राहीको सहज पहुँच रहने गरी उक्त सूचना पाटी जडान गरिएको नगर प्रमुख सीताराम जोशीले बताए ।
उनले नगरपालिकाबाट प्रदान हुने सेवा सुविधा र गरिने क्रियाकलापका बारेमा आम नागरिकले सूचना सहज रुपमा प्रदान गर्न सो प्रविधि जडान गरिएको जानकारी दिए । डिजिटल सूचना पाटी विद्युतीय माध्यमबाट सूचना प्रवाह गर्ने माध्यम भएकाले बदलिँदो सूचनाको प्रविधिलाई ध्यानमा राखेर उक्त सूचना पाटी शुरु गरिएको नगरपालिकाका सूचना अधिकृत कशिस मल्लले बताए ।

सो नगरपालिकाले सम्पूर्ण वडा कार्यालयसम्म उक्त सूचना पाटी जडान गरिने लक्ष्य लिएको बताइएको छ । नगरपालिकाले यसभन्दा पहिले घरघरमै सेवाको पहुँच पु¥याउने उद्देश्यले मोबाइल एप्स सञ्चालन गरिसकेको छ । सामाजिक सुरक्षाका सम्पूर्ण तथ्याङ्कसमेत अनलाइनमा दर्ता गर्ने काम भइरहेको छ ।