सुदूरपश्चिम

प्रहरीद्वारा मदिरा नष्ट

डोटी । जिल्लाका विभिन्न स्थानबाट बरामद गरिएको ठूलो परिमाणको मदिरा प्रहरीले नष्ट गरेको छ । हजारौँ रकम बराबरको बरामद गरिएको प्रतिबन्धित मदिरा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताए।
उनले भने, “जिल्लामा प्रतिबन्धित गरिएको हजारौं मूल्य बराबरको मदिरा हामीले पक्राउ गरी नष्ट गरेका छौँ, पहिलो चोटी मदिरा मात्रै नष्ट ग¥यौं अर्को पटक दोहोरिए बेच्नेलाई कारवाही गछौँ ।” प्रहरीले विभिन्न सरोकारवाला सरकारी निकाय तथा पत्रकारको रोहवरमा बेलौरी नगरपालिका–१३ शिवनगर कञ्चनपुरमा बनेको ७० युपीको महाकाली सौफी नामक मदिरा १४ पेटी, १२ लिटर घरेलु मदिरा र घरेलु मदिरा बनाउन प्रयोग गरिने १५ लिटर कच्चा पदार्थ जिल्ला प्रहरी कार्यालय परिसरभित्रै नष्ट गरिएको हो ।

दिपायल सिलगढी नगरपालिका–६ सिलगढीबाट बरामद गरिएको उक्त मदिरा र मदिरा बनाउन प्रयोग गरिने कच्चापदार्थ नष्ट गरिएको थियो । जिल्लामा ५० युपी भन्दा माथिका मदिरा, प्लाष्टिक प्याकिङ गरिएका मदिरा र घरेलु मदिरामा बिक्री वितरणमा प्रतिबन्ध लगाइएका कारण बरामदगरी नष्ट गरिएको प्रहरी प्रवक्ता धामीले जानकारी दिए ।