राजनीति

खाद्य उत्पादन विधेयक पारित

सुर्खेत । कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशनको छैटौँ बैठकले ‘कर्णाली प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ पारित भएको छ ।

‘कर्णाली प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ का सम्बन्धमा विधायन तथा प्रदेश मामिला समितिको संशोधन गर्ने निर्णय र प्रस्तुत प्रतिवेदन समितिका अध्यक्ष पदमबहादुर रोकायाले सभामा पेश गरेका हुँन ।

विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै प्रदेशसभा सदस्यले उठाएका जिज्ञासाको आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीका तर्फबाट सामाजिक विकासमन्त्री दल रावलले जवाफ दिएपछि सभाबाट सर्वसहमतिले विधेयक पारित गरिएको थियो ।

त्यसैगरी, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले कर्णाली प्रदेशको ‘खाद्य उत्पादन, अधिकार तथा सम्प्रभूता सुनिश्चित गर्न बनेको विधेयक, २०७५’ प्रदेशसभामा टेबुल गरे । प्रदेशसभाको सातौँ बैठक आगामी चैत १५ दिउँसो १ बजे हुने सभामुख राजबहादुर शाहीले जानकारी दिए।