आर्थिक

प्रभु बैंकको नयाँ शाखा कार्यालय मोरङ्गमा सञ्चालन

काठमाडौँ । प्रभु बैंकले आप्mनो शाखा सञ्जालविस्तार गरी सेवाग्राहीलाई सरल र सहज रुपमा अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ मोरङ्ग जिल्लाको विराटनगर महा नगरपालिका वडा नं. २ स्थित तिन पैनीमा मंलबारदेखि तिनपैनी शाखा कार्यालय खोली सञ्चालन माल्याएको छ । बैंकको तिनपैनी शाखा कार्यालयको नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय विराटनगरका मुख्य व्यवस्थापक विनोदराज आचार्यले एक समारोहकाविच समुद्घाटन गरेका हुन् ।

बैंकको तिनपैनी शाखा कार्यालय उद्घाटन कार्यक्रमको अवसरमा मोरङ्ग जिल्लास्थित विभिन्न राजनैितक दलका प्रतिनिधी,उद्योग वाणिज्य संंघका पदाधिकारी, विभिन्न संघ संस्थाका प्रतिनिधि,स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथी तथा नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयका प्रमुख विनोदराज आचार्यले अतिथिको मन्तव्य राख्नु हुँदै प्रभु बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्दै स्थानीय तहका विभिन्न गाउँपालिका तथा नगरपालिकामा बैंकिङ्ग पहुँचभन्दा बाहिर रहेका सर्वसाधारणलाई सहज, सरल एवं गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्धग राउन लागेको प्रंशसनीय कार्य भएको बताउनु भयो साथै, त्यहाँका स्थानीयलाई आफ्नो नजिकैबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर मिलेको हुँदा अवसरको सही सदुपयोग गर्दै बैंकिङ्ग प्रणाली एवं गुणस्तरीय बैंकिङ्ग सेवाको लाभलिन आग्रह गरे ।

आजदेखि सञ्चालनमा आएको प्रभु बैंकको तिन पैनी शाखा कार्यालयबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारण, विभिन्न किसिमकाफर्म, कम्पनी तथा संघ संस्थाले प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त सेवा उपभोग गरी लाभान्वित हुने छन् र समग्र विराटनगर महानगरपालिकाको आर्थिक विकासमा टेवापुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।