प्रदेश 1

आर्थिक अवस्था कमजोर भएका मुटुरोग पीडितलाई आर्थिक सहयोग

भोजपुर । आर्थिक अवस्था कमजोर रहेका एक मुटुरोग पीडितलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । मुटुरोगी भोजपुरको रामप्रसाद राई गाउँपालिकाका –६ का ३१ वर्षीय हेमराज राईको उपचारका लागि स्थानीयवासीबाट सङ्कलित रु ११ हजार ७६५ पीडित राईकी दिदी अनिता राईलाई हस्तान्तरण गरिएको स्थानीयवासी खगेन्द्र खड्काले जानकारी दिए ।

उपचारमा अर्थाभावका कारण समस्या भएपछि नेशनल लाइफ इन्सुरेन्स जिल्ला शाखा भोजपुरका प्रमुख घमचन्द्र दाहालको अगुवाइमा रकम सङ्कलन गरिएको थियो । म हेमराजको गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्र काठमाडौँमा उपचार भइरहेको छ । पीडित परिवारले सहयोगका लागि सबैसँग आग्रह गरेको छ ।