मनोरञ्जन

दिप गुरुङको मौलीक गीत ‘सिरानचोके चेली’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । नृत्य निर्देशक दिप गुरुङको प्रस्तुतीमा ‘सिरानचोके चेली’ वोलको मौलीकगीत सार्वजनिक भएको छ ।मौलीक गीत ‘सिरानचोके चेली’मा कौडा किङ सर्जक तथा गायक गणेश गुरुङ र गायिका दुर्गा परियारको सुमधुर स्वर रहेको छ । गीतको शब्द पनि गायक गणेश गुरुङ र निर्देशक दिप गुरुङको रहेको छ । जसलाई पवन वाङले संगीत संयोजन गरेका छन् ।

‘सिरानचोके चेली’ गीतको म्युजिक भिडियोतर्फ निर्देशक दिप गुरुङको निर्देशन र आशुतोष ऐडीको सह–निर्देशनमा निर्माण भएको छ । जसमा मनोज थापा मगर, लक्ष्मी गुरुङ, पार्वती गुरुङ, ववितागुरुङ, सुमित्रा गुरुङ, उवा मगर र पश्चिमान्चल सांस्कृतिक ग्रपको दमदार नृत्य तथा अभिनय रहेको छ ।

मौलीक गीत ‘सिरानचोके चेली’ म्युजिक भिडियोलाई शम्भू चालीसेले छायांकन गरेका हुन् भने सुजन शाहीले यसको सम्पादन गरेका हुन् ।
गीतमा गोरखा जिल्लाको सुन्दर नगरि तथा पर्याटकीय क्षेत्र सिरानचोकको सेरोफेरोको वर्णन गरिएको छ । उक्त गीत तथा म्युजिक भिडियोलाई श्रीनाथ मण्डली नेपाल युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

केही समयअघि नृत्य निर्देशक दिप गुरुङले आफ्नै प्रस्तुतीमा मौलीक कौडा गीत‘सिरानचोकको सेरोफेरो’सार्वजनिक गरेका थिए । गीतलाई दर्शक तथा स्रोताले निकै मन पराएका थिए । उक्त गीतलाई पनि कौडा किङ सर्जक तथा गायक गणेश गुरुङले शब्द तथा लय भरेका थिए भने गायक गणेश गुरुङ र सन्तोष थापा मगरले स्वर भरेका थिए ।  गुरुङ संस्कृतिमा आधारित उक्त‘सिरानचोकको सेरोफेरो’को भिडियो पनि दिप गुरुङको निर्देशनमा तयार भएको थियो ।

 

https://youtu.be/TcI3RUxMUQU