अन्तर्राष्ट्रिय

दाजूभाई होस त यस्तो, मुकेश आम्बानीले तिरिदिए भाईको ८ अर्बको ऋण

भारत । केहि समय अघि सार्वजनिक रुपमै मनमुटाप गरेर अलग्गीएका भारतीय अर्बपति मुकेश अम्बानी र उनका भाई अनिल अम्बानी विचको परिवारिक सम्बन्ध सुमधुर भएको छ । स्वीडेनको एरिक्सन कम्पनीलाई ८० मिलियन डलर ( ८ अर्ब ७७ करोड नेरु) पैसा तिर्न नसके अनिल जेल जान पर्ने सर्वोच्च अदालतले आदेश दिएको थियो ।

उक्त आदेशलाई सहजै भारतीय अर्बपति मुकेश अम्बानीले भाईलाई जोगाएका छन् । मुकेशले एक दिन अगाडि सोमबार भाईको उक्त ऋण चुक्ता गरेका थिए । सोही दिन साँझ भाई अनिलले विज्ञप्ति सार्बजनिक गर्दै दाई र भाउजुलाई धन्यवाद दिएका थिए ।