खेलकुद

सुस्मिलाई कांस्य, अजयलाई स्वर्ण

काठमाडौँ । संयुक्त अरब इमिरेट्स ‘युएई’ मा जारी स्पेसल ओलम्पिक वल्र्ड समर गेम्समा नेपालका अजय तामाङले स्वर्ण पदक जितेका छन् । अजयले पुरुष सटपुटमा मङ्गलबार स्वर्ण पदक जितेको स्पेसल ओलम्पिक नेपाले जनाएको छ । सोही स्पर्धामा सागर शेरचन कांस्य पदक जित्न सफल भए ।

सुस्मिलाई कांस्य

नेपालकी सुस्मि श्रेष्ठले नेदरल्याण्डस्मा जारी २९औँ ओपन युरोपियन कराँते च्याम्पियनसिपमा गए राति कांस्य पदक जितेकी छन् ।सुस्मिले महिला ६५ केजीमा कांस्य पदक जितेको नेपाल क्योकुसिन बुदोकाइ कराँते सङ्घका महासचिवसमेत रहनुभएका प्रमुख प्रशिक्षक राजेन्द्र सुवेदीले जानकारी दिए ।

प्रतियोगितामा सुस्मि नेदरल्याण्ड्सकी खेलाडीलाई पराजित गर्दै सेमिफाइनलमा पुगेकी थिइन् । सेमिफाइनलमा बेल्जियमकी खेलाडीसँग अङ्क आधारमा पछि पर्दै कांस्य पदकमै सीमित बनेकी हुन् । प्रतियोगितामा प्रमुख प्रशिक्षक सुवेदीले निर्णायकको भूमिकासमेत निर्वाह गरिरहेकी छन् ।