अन्तर्राष्ट्रिय

भ्रष्टाचार विरुद्धको पाँच बर्षे अभियान सुरु

कोलम्बो । श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले सोमबार भ्रष्टाचार विरुद्धको पाँच बर्षे अभियानको सुरुवात गरेका छन् ।

आगामी सन् २०२३ सम्ममा देशलाई भ्रष्टाचार मुक्त बनाउने उद्देश्यले कार्य योजनासहित अभियान सुरु गरिएको अधिकारीहरूले बताएका छन् । अभियान अन्तर्गत दोषीलाई कानुनी कारबाहीका प्रक्रियाहरु आक्रामक रूपमा अगाडि बढाइने सिरिसेनाले शुभारम्भ कार्यक्रममा बताए ।

संघीय र प्रान्तीय कार्यालयका सरकारी अधिकारी, राजनीतिज्ञ, सामाजिक कार्यकर्ताहरुलगायतका विरुद्धमा पनि अभियान चलाइने उनको भनाई छ । अभियान सुरुवात कार्यक्रममा चार ओटा हातेकिताव पनि सार्वजनिक गरिएको छ ।