अन्तर्राष्ट्रिय

काँग्रेस महासचिव प्रियंकाद्धारा गंगायात्रा सुरु

प्रयागराज । भारतीय राष्ट्रिय काँग्रेसकी नवनियुक्त महासचिव प्रियंका गान्धी भद्राले सोमबारदेखि गंगायात्रा सुरु गरेका छन्।

उत्तर प्रदेशको मैँयाघाटमा पर्ने प्रयागराजबाट डुङ्गामा चढेर उनले तीन दिने यात्रा सुरु गर्नुभएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । उनको यात्रा काशीसम्म हुनेछ । “गंगा मैयाले हामीलाई आर्शिवाद दिनुहुने छ, उनी धेरै दयालु छन् ,” महासचिव प्रियंकाले पत्रकारहरुसँग भने ।

उनले गंगा यात्राको पहिलो दिन बादे हनुमान जी मन्दिरका भक्तालु र त्रिवेणी संगमका तिर्थालुहरुसँग यात्रा गरे । यात्राका क्रममा उहाँ डुम्डामाघाट, सिर्साघाट, लोकशाग्रिहघाट र सीतामार्हीघाट लगायतका ठाउँमा रोक्दै जाने छन् ।

उनको साथमा पार्टी प्रवक्ता अखिलेश प्रताप सिंह, विधान सभा सदस्य आरधाना मिश्र, संघीधावित्रि बै फुले र केही विद्यार्थीहरु सहभागी भएका छन् । फुले सन् २०१४ को निर्वाचनबाट लोकसभा निर्वाचनमा भारतीय जनता पार्टीबाट निर्वाचित भएका थिए । उनी अहिले भने काँग्रेस पार्टीमा छन. । यही मार्च २ तारिखका दिन उनी काँग्रेसमा प्रवेश गरेको हो ।

गान्धीको यो यात्रालाई जनताका बीचमा जाने माध्यमका रुपमा लिइएको छ । आम नागरिकलाई राजनीतिक नेताहरुले प्राथमिकता नदिने गरेको भन्दै उनले जनतासँग संवाद गर्ने बताइन् ।
भ्रमणका क्रममा उनी माझी र नदिका छेउछाउमा रहेका नागरिकसँग अन्तरक्रिया गर्ने भएको छ । “यो एक पक्षीय मन्तव्य सुनाउने यात्रा हुनेछैन, जनतासँग दोहोरो छलफल र वार्ता हुनेछ,” उत्तर प्रदेशका काँग्रेस अध्यक्ष राज बाब्बारले ट्वीटरमा लेख्नु भएको छ ।

यात्रामा आम नागरिकसँगको संवादलाई प्राथमिकता दिइएकाले “साच्ची वात, प्रियंकाके साथ” भन्ने नारा तय गरिएको छ । स्टीमर डुङ्गाबाट हुने उनको यो यात्रा झण्डै १४० किलोमिटर लामो हुने नेताहरुले बताएका छन् । भारतको उत्तर प्रदेशमा आगामी अप्रिल ११ देखि मे २३ सम्म विभिन्न चरणमा मतदान हुने तय भएको छ ।