प्रदेश 1

पर्यटक वृद्धिका लागि हवाई सेवा सञ्चालन गर्न आवश्यक छ: मन्त्री घिमिरे

विराटनगर । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बङ्गलादेशी पर्यटक आगमन वृद्धिका लागि विराटनगर–ढाका हवाई सेवा सञ्चालन गर्नुपर्ने बताएका छन् ।

बङ्गलादेश दूतावास काठमाडौँ र युवा विकास केन्द्र इटहरीद्वारा संयुक्तरुपमा आयोजित व्यापार र पर्यटन प्रवद्र्धनमा ‘हिमालयदेखि समुद्र सतहसम्म’ विषयक आज यहाँ आयोजित अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले नेपालको व्यापार घाटा कम गर्न सहज आगमनसहित हिमाली तथा पहाडी क्षेत्रमा बङ्गलादेशी पर्यटकलाई आकर्षण गर्नुपर्नेमा जोड दिए ।

मन्त्री घिमिरेले युवाहरुलाई कृषिप्रति आकर्षण बढाउन र उत्पादन वृद्धिका लागि बङ्गलादेशको कृषिको आधुनिक प्रविधिलगायत अन्य औद्योगिक लगानी भित्र्याउन सरकारीका साथ जनस्तरबाट पहल हुनु जरुरी रहेको धारणा व्यक्त गरे ।

बङ्गलादेशी राजदूत श्रीमती मास्फे विन्ते शाम्सले बङ्गलादेशको स्वतन्त्रता आन्दोलनमा नेपालले गरेको सहयोगको स्मरण गर्दै नेपाली नागरिकलाई बङ्गलाबन्दमा आगमन भिसा उपलब्ध गराउन सरकारले कार्य गरिरहेको जानकारी दिए ।

उनले नेपाली १०८ प्रकारका वस्तुलाई बङ्गलादेशले भन्सार सुविधा दिएको गराउँदै आएको बताउँदै नेपाल र बङ्गलादेशबीच सिधा बस र ट्रक सेवा सञ्चालन गर्न जनस्तरको सहयोग आवश्यक रहेकामा जोड दिए ।

प्रदेशसभा सदस्य सूर्यमाराज राई, नवोदिताकुमारी चौधरी, लीलाबल्लभ अधिकारी, मोहन खड्का र उदिता परियारले नेपालले गरीबी घटाउन र आर्थिक समृद्ध कायम गर्न बङ्गलादेशबाट सिक्नुपर्ने बताउँदै नेपालको व्यापार घाटा कम गर्न पर्यटन प्रवद्र्धन तथा चिया र अलैँची निर्यातलाई सहज बनाउनुपर्ने आवश्यकता औँल्याए ।

मोरङ व्यापार सङ्घका अध्यक्ष पवन शारदा, नेपाल बङ्गलादेश व्यापार सङ्घका कृष्ण साह, मैत्री सङ्घका डा खालिद हुसेन हक केन्द्रका पूर्वअध्यक्ष अरुण खड्का लगायतले पर्यटन प्रवद्र्धन, जलविद्युत्मा लगानी, संयुक्त उद्योग, मेडिकल कलेज, प्राविधिक विद्यालय, इञ्जिनीयरिङ कलेज स्थापना, विद्युत् निर्यात, तयारी पोशाक, हस्तकला प्रविधि, छाला उद्योग, पेय पदार्थ उद्योगलगायतका आदि क्षेत्रमा बङ्गलादेशको प्रविधि प्रयोग गरेमा व्यापार घाटा कम हुने बताए ।

सो अवसरमा विगत दश वर्षमा बङ्गलादेशले गरेको आर्थिक उन्नति, पर्यटन प्रवद्र्धन विषयका डकुमेन्ट्री प्रदर्शन गरिएको थियो