बाग्मती

राष्ट्रपति भण्डारीसमक्ष,ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लािग भियतनाम, नाइजेरिया, द नेदरल्याण्डस् र स्लोभाकियाका राजदूतले आआफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज अपराह्न आयोजित विशेष समारोहमा राजदूतहरु क्रमशः तोन सिन थान, मुहम्मदु बुहारी, मार्टेन कोर्नेलिस भाण्डेनवर्ग र इभान लानक्यारिकले राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् ।

आज ओहोदाको प्रमाणपत्र पेश गर्ने सबै गैरआवासीय राजदूत हुन। उनीहरूलाई एक होटलबाट राष्ट्रपति कार्यालयसम्म बग्गीमा लगिएकोे थियो । त्यस अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानसेनापति पूर्णचन्द्र थापा, पररराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपतिको कार्यालयका सचिव विनोद केसीलगायत राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीको उपस्थिति थियो ।