आर्थिक

प्रभु बैंकको शाखा कार्यालय चन्द्रगढी नगरपालिकामा सञ्चालन

काठमाडौँ । प्रभु बैंकले आप्mनो शाखा सञ्जाल विस्तार गरी सेवाग्राहीलाई सरल र सहज रुपमा अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ झापा जिल्लाको चन्द्रगढी नगरपालिका वडा नं. ७ र मोरङ्ग जिल्लाको उर्लाबारी नगरपालिका वडा नं. ७ मा सोमबारका दिन एकै साथ नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

झापा जिल्लास्थित चन्द्रगढी नगरपालिका वडा नं. ७ स्थित चन्द्रगढी शाखा कार्यालयको झापा जिल्ला प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले एक समारोहका विच समुद्घाटन गरेका हुन् । त्यसैगरी मोरङ्ग जिल्ला स्थित उर्लाबारी नगरपालिका वडा नं. ७ स्थित उर्लाबारी शाखा कार्यालयको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले समुद्घाटन गरेका हुन् ।

चन्द्रगढी शाखा कार्यालय र उर्लाबारी शाखा कार्यालय उद्घाटन कार्यक्रममा सम्बन्धित जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधि, विभिन्न राजनैितक दलका प्रतिनिधि, उद्योग वाणिज्य संंघका पदाधिकारी, विभिन्न संघ संस्थाका प्रतिनिधि, स्थानीय समाजसेवी, भद्रभलाद्मी, व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

कार्यक्रमका दुवै प्रमुख अतिथीले उद्घाटन मन्तव्य राख्ने क्रममा प्रभु बैंकले आप्mनो शाखा सञ्जाल विस्तार गर्दै स्थानीय तहका विभिन्न गाउँपालिका तथा नगरपालिकामा बैंकिङ्ग पहुँचभन्दा बाहिर रहेका सर्वसाधारणलाई सहज, सरल एवं गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउन लागेकोमा प्रंशसा गर्दै उर्लाबारी तथा चन्द्रगढी नगरपालिकाबासीलाई पनि प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधि युक्त बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर मिलेको हुँदा यो अवसरको सही सदुपयोग गरी व्यापार व्यवसाय विस्तार गर्न तथा आप्mनो आर्थिक क्रियाकलाप बैंकिङ्ग प्रणाली मार्पmत् गरी गुणस्तरीय बैंकिङ्ग सेवाको लाभलिन आग्रह गरेका थिए ।

आजदेखि सञ्चालनम आएका बैंकका चन्द्रगढी र उर्लाबारी शाखा कार्यालयबाट त्यहाँका स्थानीयतहका सेवाग्राही, सर्वसाधारण, विभिन्न किसिमका व्यवसायिक एवं व्यापारिक फर्म, कम्पनी तथा संघ संस्थाले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने छन् र दुवै नगरपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्ने छ भन्ने बैंकले विश्वास लिएको बाताएको छ ।