समाचार

मकवानपुर केन्द्रबिन्दू बनाएर भूकम्पको धक्का, काठमाण्डौमा असर

काठमाण्डौ । आज बिहान ९ बजेर १ मिनेटमा काठमाण्डौमा भूकम्पको धक्का महशुस भएको छ । भूकम्प मापन केन्द्रका अनुसार आजको भूकम्प ४.१ रेक्टर स्केलको छ । मकवानपुरलाई केन्द्र बिन्दू बनाएर गएको भूकम्पले धादिङ, नुवाकोट लगायतका छेउछाउका जिल्लाहरुमा असर गरेको थियो ।

०७२ साल बैसाख १२ गतेको भूकम्पपछि भूकम्प जाने क्रम अझै रोकिएको छैन । सानो स्केलको भूकम्प भएपनि आजको भूकम्पले देशको प्रमुख प्रशाशिनिक केनद्र समेत रहेको सिंहदरबारको छेउछाउलाई हल्लाएको राम्रोसंग जानकारी हुन्थ्यो ।