आर्थिक

ठुलो संख्यामा ट्रेजरी बिल बिक्रि गर्दै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार देखि नै रु १३ अर्व ७९ करोड ११ लाख २५ हजार बराबरको ट्रेजरी बिल बिक्रि गर्ने बताएको छ । बैंकले उक्त कुरा आइतबार एक सुचनामार्फत जनाएको हो । यो परिमाणको ट्रेजरी बिल बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागेको जनाएको छ ।

ट्रेजरी बिल बिक्री गर्ने अवधि बैँकले ९१ दिनदेखि ३६४ दिन तोकिएको उल्लेख गरेको छ ।

ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको बढीमा एक वर्षको स्रोत जुटाउन यो बिल बिक्री गरीन्छ ।