लुम्बिनी

चालू आर्थिक वर्षमा जनता आवास कार्यक्रम अन्तर्गत घर निर्माण

राँझा । प्रदेश न.५ सरकारले चालू आर्थिक वर्षमा जनता आवास कार्यक्रमअन्तर्गत बाँकेमा २८८ घर निर्माण गर्ने भएको छ ।

सो कार्यक्रमअन्तर्गत प्रदेश सरकारले अल्पसङ्ख्यक, लोपोन्मुख, दलित र अति गरीब परिवारका लागि सो घर निर्माण गर्ने भएको हो । प्रदेश सरकारको योजना अनुसार बाँकेका छवटै प्रदेशसभा निर्वाचन क्षेत्रमा ३८ का दरले कुल २२८ घर निर्माण गर्ने लक्ष्य लिएको प्रदेश ५ की भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले जानकारी दिईन् ।

मन्त्री पौडेलले आर्थिकरुपमा अति विपन्न र घरवारविहीन भएका दलित, अल्पसङ्ख्याक र लोपोन्मुख आदिवासीलाई आवास उपलब्ध गराउने उद्देश्यसहित जनता आवास कार्यक्रम ल्याइएको जानकारी दिईन् ।

कार्यक्रमअन्तर्गत बाँके प्रदेशसभा निर्वाचन क्षेत्र नं १ ९ख० स्थित कोहलपुर नगरपालिका वडा नं १४ र १५ का खटिक र हरिजन जातिका दलित समुदायका अत्यन्त विपन्न ३८ परिवारका लागि घर निर्माण गर्ने भएको छ ।

त्यस्तै बाँके प्रदेशसभा निर्वाचन क्षेत्र नं २ ‘ख’ स्थित पिप्रहवा तथा ३ ‘क’ स्थित चिसापानी र उढरापुरमा १९÷१९ घर निर्माण हुने प्रदेशसभा सदस्य आइपी खरेलले बताए ।

प्रदेशसभा निर्वाचन क्षेत्र नं ३ ‘ख’ स्थित खजुरा गाउँपालिका–१ मा ९, वडा नं २ मा १०, जानकी गाउँपालिका–४ मा १० र वडा नं ५ मा १० गरेर कुल ३९ घर निर्माण गरिने प्रदेशसभा सदस्य बाबुराम गौतमले जानकारी दिए ।

बाँके प्रदेशसभा निर्वाचन क्षेत्र नं १ ‘क’ का प्रदेशसभा सदस्य कृष्णा केसी र प्रदेशसभा निर्वाचन क्षेत्र नं २ ‘क’ का प्रदेशसभा सदस्य विजय यादवले जनता आवास कार्यक्रम अन्तर्गत बनाइने घर निर्माणका लागि यस क्षेत्रमा समुदाय र स्थान छनोट भइनसकेको जानकारी दिए ।

शहरी विकास तथा भवन निर्माण कार्यालय बाँकेका प्रमुख भूपेन्द्रकुमार यादवले सो कार्यक्रमका लागि चालू आर्थिक वर्षमा रु तीन लाख ५० हजार विनियोजन भएको जानकारी दिए । गत आर्थिक वर्षमा सो कार्यक्रमका लागि रु दुई लाख १५ हजार २०० बजेट विनियोजन भएको थियो ।

उक्त रकमबाट सम्बन्धित परिवारले दुई कोठा, एक भान्सा र बरण्डा भएको आवास भवन र शौचालय अनिवार्यरुपमा बनाउनुपर्ने व्यवस्था छ । जनता आवास कार्यक्रममा बाँकेमा आठ हजार ८३५ आवेदन परेकामा यो आर्थिक वर्षमा २२८ घर मात्रै निर्माण गर्ने भएको शहरी विकास तथा भवन निर्माण कार्यालय हो ।