आर्थिक

प्रभु बैंकको शाखा कार्यालय ताप्लेजुङ्गको फुङ्गलिङ्गमा सञ्चालन

काठमाडौँ । बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा सेवाग्राहीलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ प्रभु बैंकले ताप्लेजुङ्ग जिल्लाको फुङ्गलिङ्ग नगरपालिका वडा नं. ४ मा आइतबारदेखि फुङलिङ्ग शाखा कार्यालय खोली सञ्चालनमा ल्याएको छ । बैंकको फुङलिङ्ग शाखा कार्यालयको फुङलिङ्ग नगरपालिकाका मेयर छत्रपती प्याकुरेलले एक समारोहका विच समुद्घाटन गरेका हुन् ।

बैंकको फुङलिङ्ग शाखा कार्यालय उद्घाटन कार्यक्रमको अवसरमा ताप्लेजुङ्ग जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधि, विभिन्न राजनैतिक दलका प्रतिनिधी उद्योग वाणिज्य संंघका पदाधिकारी, विभिन्न संघ संस्थाका प्रतिनिधि,स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथी तथा फुङलिङ्ग नगरपालिकाका मेयर छत्रपति प्याकुरेलले प्रभु बैंकले स्थानीय तहका विभिन्न गाउँपालिका तथा नगरपालिकामा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर बैंकिङ्ग पहुँच भन्दा बाहिर रहेका सेवाग्राहीलाई बैंकिङ्ग सेवा उपलब्ध गराउन लागेकोमा प्रंशसा गर्दै अब फुङलिङ्ग नगरपालिका बासीलाई नजिकैबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर मिलेको हुँदा यो अवसरको सहि सदुपयोग गर्न आव्हान गरे ।

आजदेखि सञ्चालनमा आएको प्रभु बैंकको फुङलिङ्ग शाखा कार्यालयबाट त्यहाँका स्थानीयतहका सेवाग्राही, सर्वसाधारण, कम्पनी तथा संघ संस्थाले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने छन् र फुङलिङ्ग नगरपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।