समाचार

प्रधानमन्त्री ओली मोरङ, सुनसरीका विभिन्न कार्यक्रममा सहभागी हुदैँ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज मोरङ र सुनसरीका विभिन्न कार्यक्रममा सहभागी हुँदै छन् । प्रधानमन्त्री ओलीले आज विहान १० बजे काठमाडौंबाट विराटनगर तर्फ जाने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीले दिउसो साढे ११ बजे मोरङको कटारी नगरपालिकाम निर्माण गरिएको कृषि बजारको उद्ध्घाटन गने कार्यक्रम रहेको छ ।

यसैगरी दिउसो साढे १२ बजे विराटनगरमा प्रधानमन्त्री ओलीले नेपाल कम्यूनिष्ट (नेकपा)को प्रदेश नम्बर १ का सदस्यहरुलाई सपथ गराउने छन् । प्रधानमन्त्री ओलीले दिउसो ३ बजे बर्जु गाउँपालिकाको बर्जु तालको निरीक्षण र स्थानीय सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।