मनोरञ्जन

तमु भाषाको चलचित्र प्रदर्शन गरिने

पोखरा । स्टार्स स्टुडियो प्रालिको पर्दामा निर्मित तमु भाषाको चलचित्र म्ले क्यु ‘बिर्साउने पानी’ नयाँ वर्ष २०७६ साल वैशाख ७ गते पोखरामा प्रर्दशन गरिने भएको छ ।

जसु गुरुङद्वारा निर्देशित चलचित्रमा तमु जातिको मृत संस्कारका विभिन्न पक्षलाई देखाउन खोजिएको छ । रोशन गुरुङको कथा एवं माओत्से गुरुङको पटकथा र मुख्य अभिनय रहेको चलचित्रमा रिया गुरुङ, डिबी गुरुङ, रोनित गुरुङ, कृष्टि गुरुङ, कमल गुरुङ लगायतका कलाकारको अभिनय रहेको निर्देशक गुरुङले जानकारी दिए ।

उनका अनुसार वैशाख ७ गते पोखरास्थित विन्दवासिनी चलचित्र मन्दिरमा १२।०० बजे र ३।०० बजे गरी दुई सो प्रदर्शन गरिने छ । यसअघि चलचित्रको पहिलो प्रिमियर सो प्रवासी भूमि हङकङमा गत मार्च ३ तारिखमा सम्पन्न भइसकेको छ ।