विचार/ब्लग

विप्लव नै प्रधानमन्त्री बनेपनि मुलुकको विकास असम्भव

बाबुराम आचार्य/ एकातिर नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले स्वतन्त्र मधेश गठबन्धनका संयोजक सीके राउतसंग ११ बुंदे सम्झौता गरेको छ भने अर्कोतर्फ नेपाल कम्युनिष्ट पार्टी नेकपालाई चन्दा उठाएको लगायतका आरोपमा प्रतिबन्ध लगाएको छ । प्रधानमन्त्री ओलीले विप्लव नेतृत्वको नेकपाले गर्दा आफूलाई कम्युनिष्ट भन्न समेत लाज लागेको बताउदै पुष्पकमल दहाल र आफूलाई मार्न मान्छे खटाएको सूचना आएको दाबी गरेका छन् । विप्लवले विज्ञप्तीसहित प्रधानमन्त्री ओली, अध्यक्ष पुष्पकमल दहाल र गृहमन्त्री रामबहादुर थापालाई आफूहरुले सरकारसंग घुंडा नटेक्ने बरु दलाल, पुँजीपति, जनबिरोधी ब्यक्ती वा समूहप्रति आकोशित हुंदै आन्दोलन नरोक्ने चेतावनी दिएका छन् ।

अर्कोतिर सीके राउतसंग सहमती गरेर मख्ख परेका प्रधानमन्त्री र गृहमन्त्रीको कलमको मसी सुक्न नपाउँदै जनकपुर लगायतका तराईका भूभागमा जनमत संग्रहगर्न सरकारबाट स्वीकृती पाएको दाबीगरि राउत समूहले दीपावली गरिरहेका छन् । यसैबीच प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस, प्रबुद्ध बर्ग लगायतले बिखण्डनकारीको रुपमा चिनिएका सीके राउतलाई सहमती गरी स्वतन्त्र मधेशको नाममा बिभिन्न गतिबिधी गर्न छुट दिईनु र राष्ट्रियताको मुद्धा बोकेका विप्लवलाई प्रतिबन्ध लगाउनु न्यायोचित नहुने बताएको छ ।

विप्लव कम्रेडले कार्यकर्तालाई बम पड्काउन सिकाएपछि उनीहरुले भोली कुनै पदमा गएमा देश विकास गर्न जान्दैनन् । उनीहरुको स्कुलिङ नै बिग्रीएको हुन्छ ।

नेकपा विप्लवले अरबौं रुपैंया कर नतिरेर विवादमा परेको सिमकार्ड सेवा कम्पनी एनसेललाई कारबाही गरेको स्वरुप बिभिन्न एनसेलका टावरमा बम हान्दा सर्बसाधारणबाट स्यावासी समेत पाएको थियो । बम पड्काउनु आफैंमा राम्रो कार्य नभएपनि एनसेल कर काण्डले नेपाली जनतालाई आक्रोशित बनाएको अवस्थामा त्यसलाई समर्थन गर्दै कतिपय नेपालीले सामाजिक संजालमा विप्लवलाई धन्यबाद समेत दिएका थिए ।

देशका ब्यवस्थापक हुन् प्रधानमन्त्री ओली, देश ओलीको होईन 

स्थानीयतह, प्रदेश र प्रतिनिधिसभा निर्बाचनपछि पार्टी एकीकरण गरेर दुईतिहाई मतले सरकार बनाउन सफल बनेका प्रधानमन्त्री केपी शर्मा ओलीले सीके राउत र नेत्र बिक्रम चन्द विप्लवलाई सम्झौतागर्नु र निशेधाज्ञा गर्नु झण्डै संगसंगै हुनुलाई राजनीतिक विश्लेशकहरुले अर्थपूर्ण रुपमा हेरेका छन् ।
यसैबीच नेकपाका अध्यक्ष पुष्पकमल दहालले विप्लवले धम्की दिँदैमा आफू नडराउने र विप्लवले प्रचण्डजस्तै बन्ने सोच राखेको भए उक्त सोच ०७५ को युगमा पुरा हुन नसक्ने दाबी गरेका छन् । अध्यक्ष दहालले विप्लवप्रति दया लागेको सार्बजनिक रुपमा बताउँदै बर्तमान अवस्था र माओबादी जनयुद्ध शुरु भएको अवस्था २०५२ साल मेल नखाने दाबीगर्दै विप्लवले गरेको आन्दोलन गलत भएको बताएका छन् ।
नेपाली काँग्रेसले भने विप्लवलाई प्रतिबन्ध लगाउनुभन्दा वार्ताबाट समस्याको हलखोज्न सरकारलाई आग्रह गरेको छ । काँग्रेसले सीके राउतको बिषयमा सरकार स्पष्ट रुपमा प्रश्तुतहुन नसकेको बताउँदै जनमत संग्रहगर्ने सम्झौता भएको भए त्यो काँग्रेसलाई मान्य हुनै नसक्ने दाबी गरेको छ । काँग्रेसले विप्लवसँग वार्ता गरी राजनीतिक समस्याको निराकरण गर्ने बताउँदा विप्लवको नेकपालाई केही फाईदा होला भने कम्युनिष्टकै सरकार भएका बेला अर्को कम्युष्टिलाई प्रतिबन्ध नै लगाउनु चैं दुईतिहाई सरकारको नैतिकता भित्र नपर्ला ।

राजनीतिक संकट टरेर आर्थिक क्रान्तिमा लागिसकेको मुलुकमा पुनः द्वन्द्व निम्तिएको देखिन्छ । एकातिर बिखण्डनबाद सकृय रुपमा सल्वलाईरहेको छ भने अर्कोतिर सरकार विप्लव नेकपा बिरुद्ध अझ कडा भई टाउकाको मोल समेत तोक्ने अवस्थामा आएको छ । यस राजनीतिक घटनाक्रमबाट भूमिगत जनयुद्ध चर्कने सम्भावना समेत प्रवल छ । यसका साथसाथै हिन्दू धर्म, संघीयता, राजसंस्था, नेपाल–भारत सीमा, नेपालचीन सीमालगायतका नेपालका गम्भीर राजनीतिक मुद्धाहरुमा बिबाद कायम नै छ । फडिन्द्र नेपालले जेनेभामा पत्रकार सम्मेलन नै गरेर मिचिएको भूभागको कुरा उठाएपछि ग्रेटर नेपालको मुद्धा समेत सल्वलाउन थालेको छ ।

१९०३ सालको कोतपर्वपछि आएको २००७ सालको प्रजातन्त्रपछि नेपालीजनताले सुख पाउने दाबीगरिएपनि ०१७ साल, ०३६ साल, ०४६ साल र ०६३ साललगायतका मुलुकमा ठूला परिवर्तनहरु भएपनि कुनैपनि प्रकारका परिवर्तनले नेपाल र नेपालीलाई स्थायीत्व दिन सक्ने अवस्था देखिएन । नेपाली जनताले सदिऔंदेखी राख्दै आएको सम्प्रभूता पछिल्लो समयमाआएर राजनीतिज्ञहरुले भारत र चीनको चाकरी गरेर आफ्नो राजनीतिकशक्ती बचाउने प्रबृति बढाएका कारण गुम्दै जान लागेको छ । ०७२ सालको महाभुकम्पका कारण १४ वटा भन्दा बढी जिल्लामा भएको क्षतीलाई बिस्तारै घटाउने प्रयासलाई विप्लव नेकपा र केपी ओली नेतृत्वको सरकारबीचको द्वन्द्वले बढाउनेमात्र देखिदैन, विकासतिर डोहोरिदैं गरेको अर्थतन्त्रलाई तहसनहस नै गर्ने संकेत देखिदैछ ।

नेपाली जनताले न कहिल्यै राजाचाहे, न कहिल्यै काँग्रेस, कम्युनिष्ट वा मधेशी शासक नेपाली जनताले त चाहे देशको विकास, जनताको समृद्धी, गरिखाने ठाँउ तर यहाँ नेपाली जनताको भावना भन्दापनि आफ्नो आर्थिक समृद्धीतिर मात्र सत्तामा गएका लगभग सबै राजनीतिक शक्तीका प्रमुख र नेताहरु लागेको देखियो । विप्लव नेतृत्वको नेकपा शक्तीमा आउन सक्यो भने के गर्छ ? भन्ने हामीले अड्कलबाजीगर्न गाह्रै भएपनि देशको भ्रष्टाचारमा पिल्सिएको कर्मचारी तन्त्र, कर छलि नगरी चल्न नसक्ने उद्यगोगी व्यावशायी, नैतिकता विहीन पत्रकार– कानून व्यावशायी– विद्यार्थी– बहुसंख्यक जनता– प्रध्यापक– डाक्टर–बुद्धिजिवी– पेशाकर्मी भएपछि आफू जति नै शुद्ध भएपनि देश बनाउन सक्ने देखिदैन ।

विप्लव नेतृत्वको नेकपा शक्तीमा आउन सक्यो भने के गर्छ ? भन्ने हामीले अड्कलबाजीगर्न गाह्रै भएपनि देशको भ्रष्टाचारमा पिल्सिएको कर्मचारी तन्त्र, कर छलि नगरी चल्न नसक्ने उद्यगोगी व्यावशायी, नैतिकता विहीन पत्रकार– कानून व्यावशायी– विद्यार्थी– बहुसंख्यक जनता– प्रध्यापक– डाक्टर–बुद्धिजिवी– पेशाकर्मी भएपछि आफू जति नै शुद्ध भएपनि देश बनाउन सक्ने देखिदैन ।

एनसेलले कर नतिरेर बम बड्काउँदा एकजनाको मृत्यु भयो, प्रधानमन्त्री ओली विरुद्ध विप्लवले शक्ती प्रदर्शन गर्दा सयौं, हजारौंको ज्यानजान सक्छ, उनीहरुको ज्यान जान्छ, सत्तामा विप्लव नेकपा पुग्ला तर भोली सत्तामा पुगे कर्मचारीको सहयोग बिना सत्ता चलाउन सकिदैन, सेना, प्रहरी, कुटनीतिक शक्ती केन्द्र लगायतको सहयोगबिना सत्ता चलाउन सकिदैन, सहयोग जोसंग लिनुपर्छ उ नै बिकाउ छ, एकजना गायकले गाएको ‘लुट् काँछा लुट् गीत’ मा तल्लीन छ समाजका सबै निकाय, त्यसैले यहि राजनीतिक संस्कार र देशको संरचनाबाट विप्लव नै प्रधानमन्त्री वा कार्यकारी राष्ट्रपति भएपनि नेपाल विकास र नेपाली मुक्तीहुन सक्दैन । अर्कोतिर विप्लव कम्रेडले कार्यकर्तालाई बम पड्काउन सिकाएपछि उनीहरुले भोली कुनै पदमा गएमा देश विकास गर्न जान्दैनन् । उनीहरुको स्कुलिङ नै बिग्रीएको हुन्छ । बरु समाजलाई नैतिकवान बनाउन सिकाउने बेला आएको छ, चंदाबाट धन सम्पती जोड्ने र पदमा पुगेर खोक्रो नैतिकताको पाठ सिकाउनतिर छाडेर शान्तीपूर्ण राजनीतिमा आए नै बेस होला ।

देशका ब्यवस्थापक हुन् प्रधानमन्त्री ओली, देश ओलीको होईन, तपाई (विप्लव) प्रधानमन्त्री भएपनि देश तपाईको हुंनेछैन तपाईले सीमित समयका लागि ब्यवस्थापन गर्ने अधिकार मात्र पाउनुहुने छ, देश नै तपाईको हुने छैन । जति गरेपनि यी थाङ्ने कुराहरु सकिदैनन्, विप्लवले देश बन्दगर्ने र अन्य ध्वंसात्मक गतिबिधिगर्ने भन्दा आजैबाट शान्तीपूर्ण राजनीतिमा आई जति सकिन्छ तीन करोड जनतालाई देश विकासका लागि डर, त्रास र धम्कीबाट आफ्नो पक्षमा तान्ने भन्दा पनि नैतिकताको पाठ सिकाउनतिर लाग्नु अहिलेको द्वन्द्वबाट मुलुकलाई जोगाउने महत्वपूर्ण उपाय हो ।