आर्थिक

एनसीसी बैंकको कृष्णपुर शाखा औपचारिक रुपमा संचालन

काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंकले कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका, वडा नं. ५ कृष्णपुरमा शाखा कार्यालय औपचारिक रुपमा संचालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको कृष्णपुर नगरपालिकाका मेयर कर्ण बहादुर हमाल र बैंक संचालक समितिका सदस्य चन्द्र प्रसाद बास्तोलाले २०७५ चैत्र १ गते, शुक्रबार संयुक्त रुपमा एक औपचारिक कार्यक्रमका बीच समुद्घाटन गरे । साथै बैंक संचालक समितिका सदस्य चन्द्र प्रसाद बास्तोलाले ताम्रपत्र अनावरण गरे ।
उक्त कार्यक्रमको अध्यक्षता कृष्णपुर नगरपालिकाका मेयर कर्ण बहादुर हमालले गरेका थिए । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले स्वागत मन्तब्य व्यक्त गर्नुका साथै उक्त शाखाका शाखा प्रबन्धक रविन्द्र के.सी.ले उपस्थित प्रमुख अतिथि र अन्य अतिथिलाई धन्यवाद ज्ञापन गरेका थिए .