बाग्मती

दश वर्षको तुलनामा भन्दा बढी मुद्दा फछ्र्योट भए

काठमाडौँ । महान्यायाधिवक्ताको कार्यालयबाट आर्थिक वर्ष २०७४/७५ मा विगत दश वर्षको तुलनामा सबैभन्दा बढी मुद्दा फछ्र्योट भएको छ । दश वर्षको तुलनामा आव २०७४/७५ मा सरकार वादी मुद्दा, रिट र निवेदनमा ७२।२८ प्रतिशत सफलता प्राप्त गर्दै दश वर्षको तुलनामा सबैभन्दा बढी मुद्दा फछ्र्योट गरिएको कार्यालयले जनाएको छ ।

कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीका अनुसार महान्यायाधिवक्ता कार्यालयले कूल ८० हजार ७७ मुद्दामध्ये ४४ हजार ४५५ मुद्दा फछ्र्योट गर्न सफल भएको छ । कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा आव २०७०/७१ मा ६८।५७ प्रतिशत, आव २०७१/७२ मा ६४।४७ प्रतिशत, आव २०७२/७३ मा ७०।०९ प्रतिशत, आव २०७३/७४ मा ६८ प्रतिशत मुद्दा फछ्र्योट गरेको छ ।

प्रतिवेदनमा ६५ हजार ५२७ मुद्दामध्ये ३६ हजार ९६७ फछ्र्योट गर्दै ७४।९१ प्रतिशत, १० हजार २४२ रिट निवेदनमा पाँच हजार १३८ मुद्दा फछ्र्योट गर्दै ५८।५१ प्रतिशत र चार हजार ३०८ अन्य निवेदनमा दुई हजार ३५० मुद्दा फछ्र्योट गर्दै ६०।९४ प्रतिशत सफलता प्राप्त गरेको छ ।

यस्तै प्रतिवेदनमा सर्वोच्च अदालतमा बहस पैरवी र प्रतिरक्षा गरिएका मुद्दा, रिट तथा निवेदनको लगत सङ्ख्या १२ हजार १० रहेकामा तीन हजार ६७१ थान फछ्र्योट भएको र फछ्र्योट भएका मुद्दामा सरकारी पक्षको सफलता प्रतिशत ५८।४० रहेको छ ।

उच्च सरकारी वकिल कार्यालयबाट बहस पैरवी र प्रतिरक्षा गरिएका मुद्दा, रिट तथा निवेदनको लगत सङ्ख्या २० हजार ९९ रहेकामा १३ हजार ५१५ थान फछ्र्योट गर्दै सफलता प्रतिशत ५१।८२ रहेको छ ।

विशेष सरकारी वकिल कार्यालय, काठमाडौँबाट बहस पैरवी र प्रतिरक्षा गरिएका मुद्दा तथा निवेदनको लगत सङ्ख्या दुई हजार १९३ रहेकामा एक हजार १२ थान फछ्र्योट भएकामा सफलता प्रतिशत ८१।७२ रहेको छ ।

यस्तै जिल्ला सरकारी वकिल कार्यालयबाट बहस पैरवी र प्रतिरक्षा गरिएका मुद्दा, रिट तथा निवेदनको जम्मा लगत सङ्ख्या ४५ हजार ७७५ रहेकामा २६ हजार २५७ थान फछ्र्योट भएका र मुद्दामा सफलता प्रतिशत ८४।३९ रहेको छ ।

यस्तै प्रतिवेदनमा आव २०७४/७५ मा नेपाल सरकार वादी भई मुद्दा चलाउने गरी निर्णय भएको मुद्दाको सङ्ख्या २९ हजार २३० र प्रतिवादी सङ्ख्या ५८ हजार ५३९ मध्ये सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को अनुसूचीभित्रका सरकार वादी मुद्दाको सङ्ख्या २७ हजार ९४८ र प्रतिवादी सङ्ख्या ५६ हजार १५० रहेको छ ।

यसमध्ये करणीसम्बन्धी मुद्दाको सङ्ख्या दुई हजार १८६, कर्तव्य ज्यानसम्बन्धी ६८५, लागुऔषध दुई हजार ८७५, सार्वजनिक अपराध १३ हजार ९८५, बहुविवाह ५८६ मानव बेचविखन तथा ओसारपसार २८५, वनसम्बन्धी ७२९, जुवा ४००, हातहतियार खरखजाना २५०, चोरीसम्बन्धी एक हजार ७०५ रहेका छन् ।