अन्तर्राष्ट्रिय

अफगानिस्तानमा थप ५० लडाकू मारिए

क्वाला ए नाव, अफगानिस्तान, । अफगानिस्तानको पश्चिमी क्षेत्रमा भएको सुरक्षा कारबाहीका क्रममा कम्तीमा ५० जना तालिवानी लडाकू मारिएका छन् ।

देशको बाडघिस प्रान्तमा पर्ने बाला मुर्घाब जिल्लामा गत चौबीस घण्टामा भएका घटनामा परी उनीहरु मारिएको अधिकारीहरुले शनिबार जनाएका छन् ।

सरकारी पक्षले जारी गरेको वक्तव्यका अनुसार उनीहरुले लडाकूका आश्रयस्थल तोडफोड गरिदिएका छन् ।घटनाका बारेमा सरकारी पक्षले विस्तृत विवरण दिएको छैन भने तालिबान लडाकूका तर्फबाट पनि कुनै प्रतिक्रिया आएको छैन ।