समाचार

वाइडबडि भ्रस्टाचारको मुख्य मान्छे पत्ता लागिसक्यो, पत्रकार सम्मेलनबाट छिटै सार्बजनिक गर्ने– इ.कडेल “भिडियो सहित”

काठमाडौँ । एसिया र अफ्रिकाका देशहरुलाई कार्यछेत्र बनाएर को छेत्रमा कार्य गर्दै आएका इ दिपेन्द्र कडेल ले नेपालमा हवाइ दुर्घटना को अनुसन्धान नै सहि ढंगले नहुदा पटक पटक नोक्सानी बेहोर्नु परेको बताएका छन । पर्यटन मन्त्री कै हवाइ दुर्घटना मा मृत्यु हुनु बिस्वकैलागी दुर्लभ घट्ना भएको भन्दै दिपेन्द्र ले रबिन्द्रको दुखद दुर्घटना कै विषयको गहिरो अनुसन्धान होस भन्नकै लागि आफू तुरुन्तै नेपाल फर्किएको बताए।

वाइड बडि जहाज भ्रस्टाचार को मुख्य मान्छे पत्ता लागिसकेको ले उक्त कान्डका दोसिका नाम पत्रकार सम्मेलन बाट केहिसमय पछि सार्बजनिक गर्ने भन्दै उनले वाइड वडि जहाजका भ्रष्ट दोसिलाई कार्बाही गरेपछी मात्र मन्त्री रबिन्द्र अधिकारी प्रती साचो श्रद्धाञ्जली हुने भन्दै रबिन्द्र प्रती गलत धारणा नबनाउन अपिल पनि गरेका छन ।

कडेलले नेपाली जनताको रगत र पसिना मिसिएको अरबौ सम्पती भ्रष्टाचार गर्न दिन्न भन्ने अठोटका साथ उक्त अध्ययनकालागी हाइ फ्लाइ लगायत का संबंधित कम्पनी र उक्त देशका जिम्मेवार निकायसग परामर्श र खोजीका लागि केही समय अगाडी बिदेश उडेका थिए । लगत्तै रबिन्द्र अधिकारी सहित सात जना ब्यक्ती को निधन हुने गरि हेलिकप्टर दुर्घटना भएपछि उनी नेपाल फर्किएर दुर्घटना को अध्ययन अनुसन्धान गरिरहेका छन ।

आफुले अनुसन्धानमा सगाउछु भनिरहदा पनि सरकारले वास्ता नगरेको मा आक्रोश पोख्दै कडेलले हेलिकप्टर तीन तीन पटक दुर्घटना हुदापनी सरकार मौन बस्नु र उक्त मोडलका जहाजलाइ निर्बाध सञ्चालन मा ल्याइरहनु निन्दनिय भएको भन्दै एयरबसका हेलिकप्टर मा यात्रा नगर्न सम्पुर्ण जनतालाई अपिल पनि गरेका छन ।