गण्डकी प्रदेश

विप्लवको आक्रमणबाट जनप्रतिनिधिको सुरक्षा प्रदेश सरकारले गर्छ, हामीलाई आफ्नै प्रहरी प्रशासन चाहिन्छ –मुख्यमन्त्री गुरुङ

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विप्लवमाथि प्रतिबन्ध लगाएर सरकारले सही निर्णय गरेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ को बैठकमा सहभागी हुन शुक्रबार गोरखा आएका मुख्यमन्त्री गुरुङले मुलुकलाई अराजकतामा धकेल्न नदिन विप्लव समूहमाथि केन्द्र सरकारले प्रतिबन्द लगाउनुपरेको बताए ।

“मुलुक अराजकतातर्फ धकेलिन नपाउँदै, उनीहरुको गतिविधि झ्याङ्गिन नपाउँदै नियन्त्रणमा लिन खोजिएको हो, मुख्यमन्त्री भने “शुरुमै नियन्त्रण गरियो भनेमात्र मुलुकमा क्षति हुन पाउँदैन ।”

मुख्यमन्त्री गुरुङले मुलुकको आन्तरिक सुरक्षाको नीतिचाँहि केन्द्र सरकारले नै गर्ने बताए । “प्रदेशभित्रको शान्ति सुरक्षाको व्यवस्था प्रदेश सरकारले गर्छ”, उनले भने “गण्डकी प्रदेशभित्रका जनप्रतिनिधिको सुरक्षा हामी गर्छौं, हामीलाई आफ्नो प्रहरी, आफ्नो प्रशासन चाहिएको छ ।”