सुदूरपश्चिम

कानून निमार्ण गर्दा विधेयकमाथि गम्भीर छलफल गरेर मात्र अघि बढ्न प्रदेशसभालाई महराको सुझाव

धनगढी । सभामुख कृष्णबहादुर महराले शुक्रबार सुदूरपश्चिम प्रदेशसभाले गरिरहेका काम कारवाहीबारे जानकारी लिएका छन् ।

प्रदेशसभा भवनको बैठक कक्षको अवलोकनपछि आयोजित अन्तरक्रियामा उनले ऐन कानून पारित गर्दा विधेयकमाथि गम्भीर रुपमा छलफल गरेर मात्र अघि बढ्न सल्लाह दिए । सभामुख महराले सङ्घीय संसद सञ्चालनको प्रक्रिया, अनुभव, गतिविधि बारे पनि प्रकाश पारेका थिए ।

अन्तरक्रियामा प्रदेशसभाका सभामुख अर्जुनबहादुर थापाले प्रदेशसभाले ऐन कानून निर्माणका विषयमा गरेका कार्यप्रगति बारे जानकारी गराएका थिए । कार्यक्रममा प्रदेशसभाका उपसभामुख, सत्ता पक्षका प्रमुख सचेतक, प्रमुख प्रतिपक्षी दलका नेता लगायतको सहभागिता रहेको थियो ।