राजनीति

ओली सरकारले जनताको हितमा काम गरेको देखिदैँन, यो मजदुर किसान विरोधी छ–उपसभापति निधि

धनुषा । नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले देशमा महङ्गी बढेपनि सरकार यसलाई नियन्त्रण गर्न उदासिन भएको आरोप लगाएका छन् ।

नेपाल विद्युत् प्राधिकरण कर्मचारी सङ्घको शुक्रबार यहाँ आयोजित दशौँ केन्द्रीय परिषद् भेलामा बोल्दै उपसभापति निधिले जनताको हितमा सरकारले केही गर्न नसकेको बताएका छन् । सरकार लोकतन्त्र, किसान र मजदुर विरोधी भएको उपसभापति निधिले आरोप लगाएका छन् ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगन थापाले भ्रष्टाचार भएको प्रमाण सरकारले थाहा पाएपनि कारवाही गर्न नसकेको आरोप लगाएका छन् । “भ्रष्टाचारको कुरा आम नागरिकलाई थाहा छ तर सरकार मौन छ । हत्या बलात्कारका दोषीलाई सरकार समाउन सक्दैन”, थापाले भने ।