समाचार

जनताको ढाड सेक्नेगरी महङ्गी बढेको भएपनि ओली सरकारले नियन्त्रण गर्न सकेनः उपसभापति निधि

धनुषा । नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले देशमा महङ्गी बढेपनि सरकार यसलाई नियन्त्रण गर्न उदासिन भएको आरोप लगाएका छन् ।

नेपाल विद्युत् प्राधिकरण कर्मचारी सङ्घको आज यहाँ आयोजित दशौँ केन्द्रीय परिषद् भेलामा बोल्दै उपसभापति निधिले जनताको हितमा नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले केही गर्न नसकेको बताए । सरकार लोकतन्त्र, किसान र मजदुर विरोधी भएको उपसभापति निधिले आरोप लगाए ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगन थापाले भ्रष्टाचार भएको प्रमाण सरकारले थाहा पाएपनि कारवाही गर्न नसकेको आरोप लगाए । “भ्रष्टाचारको कुरा आम नागरिकलाई थाहा छ तर सरकार मौन छ । हत्या बलात्कारका दोषीलाई सरकार समाउन सक्दैन”, थापाले भने ।