समाचार

कानून विपरीत गतिविधि गर्ने छुट कसैलाई पनि छैनः डा. महत

रुपन्देही । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले कानून विपरीत गतिविधि गर्न कसैलाई छुट नभएको बताएका छन् ।

आज बुटवलमा आयोजित साक्षात्कारमा उहाँले देशमा शान्ति सुव्यवस्था कायम राख्न सरकार गम्भीर हुनुपर्ने बताए । “मन्त्रिपरिषद्ले नेकपालाई प्रतिबन्ध लगाउँदैमा मुलुकमा नेत्रविक्रम चन्द ‘विप्लव’ का गतिविधि रोकिने होइनन, सरकारले वार्ताको माध्यमबाट द्वन्द्व समाधान गर्नुपर्छ”, उनले भने ।

विप्लव समूहमाथि सरकारले लगाएको प्रतिबन्ध ठिक की बेठिक भन्ने प्रश्नमा उनले भने, “कानून विपरीत गतिविधि गर्न कसैलाई छुट छैन ।”नेता महतले सङ्गठनात्मक कमजोरीका कारण पार्टीमा समस्या रहेको उल्लेख गरे ।