बाग्मती

गोलीकाण्डमा दर्जनौँ मारिएको खबरबाट सरकार स्तब्ध

काठमाडौँ । न्यूजिल्याण्डको क्राइष्ट चर्च स्थित मस्जिदमा आज भएको गोलीकाण्डमा दर्जनौँ मारिएको खबरबाट सरकार स्तब्ध भएको छ । अविवेकी आतङ्कवादी उक्त कृत्यको सरकारले घोर निन्दा गरेको छ ।
न्यूजिल्याण्ड सरकार तथा उक्त हमलामा ज्यान गुमाएकाहरूका परिवारजनमा नेपाल सरकारले हार्दिक समवेदना व्यक्त गरेको छ । साथै सरकारले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।