आर्थिक

एनआई सी एशिया बैंकको नयाँ शाखा गोलबजारमा

काठमाण्डौ । एनआई सी एशिया बैंकको गोलबजारनगरपालिकावडा नं ४, सिरहास्थित गोलबजार शाखाको गोलबजार नगरपालिकाका नगर प्रमुख देवनाथ शाहबाट बिहीबार समुद्घाटन भएको छ । उक्त शाखाको उद्घाटन समारोहमा नगरपालिका अध्यक्ष शाहले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउदै गएको यस बैंकको प्रशंसा गरे।

बैंकलाई जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २७७ शाखाकार्यालय, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जालभएको बैंक हुन सफलभएको छ । करिब १४ लाख ५०हजारआदरणीय ग्राहककासाथ सञ्चालनमा रहेको यस बैंकमा प्रमुख वित्तिय परिसुचकहरु उत्साहप्रद रहेका छन्।साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको छ ।बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवाउपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालनगर्ने योजना अगाडि सारेको छ ।