बाग्मती

विभागद्वारा समयभित्रै अनलाइन सञ्चारमाध्यम नवीकरण गर्न आग्रह

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण विभागले समयभित्रै अनलाइन सञ्चारमाध्यम नवीकरण गर्न आग्रह गरेको छ । विभागले विज्ञप्ति जारी गरी २०७५ साल असार मसान्तसम्म दर्ता भई प्रमाणपत्र लिएका अनलाइन सञ्चारमाध्यमले २०७५ पुस मसान्तभित्र नवीकरण गर्न छुट भएका अनलाइन सञ्चारमाध्यमलाई २०७५ चैत मसान्तभित्र नवीकरण गर्न आग्रह गरेको हो ।

अनलाइन सञ्चारमाध्यम सञ्चालन (पहिलो संशोधन) निर्देशिका, २०७३ को मूल निर्देशिकाको दफा ६ को उपदफा (१), मा रहेको व्यवस्थाअनुसार प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ६ (छ) महीना अर्थात् पुस मसान्तभित्र नवीकरण गर्नुपर्ने व्यवस्था उल्लेख गरिएको छ ।