समाचार

विप्लव नेतृत्वको पार्टीलाई नभएर उसका आपराधिक गतिविधिमाथि प्रतिबन्ध लगाएका हौँ- सरकार

काठमाडौँ । सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई नभएर उसका आपराधिक गतिविधिमाथि प्रतिबन्ध लगाएको बताएको छ । आपराधिक क्रियाकलामा संलग्न जोकोहिलाई सरकारले सांगठनिक अपराध एनअनुसार कारबाही गर्ने भएकाले प्रतिबन्ध लगाएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले बताएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकका निर्णयहरु सार्वजनिक गर्न गरिएको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले विप्लव नेतृत्वको पार्टीलाई वार्ता आउन पनि आग्रह गरेका छन् ।