बाग्मती

राष्ट्रियसभा नियमावली २०७५ लाई सर्वसम्मतिले पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले राष्ट्रियसभा (पहिलो संशोधन) नियमावली २०७५ लाई सर्वसम्मतिले पारित गरेको छ । राष्ट्रियसभा नियमावली, २०७५ संशोधन मस्यौदा समितिका सभापति परशुराम मेघी गुरुङले सो त्यससम्बन्धी प्रस्ताव बैठकमा प्रस्तुत गरेका थिए ।

यसअघि नियमावली संशोधनकर्ता सांसद डा विमला पौडेलले आफ्नो संशोधनको प्रस्ताव फिर्ता लिएकी थिईन् । नियमावली माथिको दफावार छलफलमा भाग लिँदै सांसद रामप्रीत पासवान र रामलखन चमारले संविधानको भावनानुसार समानुपातिक समावेशी प्रतिनिधित्वमा ध्यान दिन आग्रह गरे । राष्ट्रियसभाको बैठक आज नै १५ मिनेटका लागि स्थगन भएको छ ।