समाचार

महासङ्घ पूर्वी नवलपरासीे शाखाको कार्यालय भवन निर्माण शुरु

नवलपरासी । नेपाल पत्रकार महासङ्घ पूर्वी नवलपरासीे शाखाको कार्यालय भवन कावासोतीमा बनाउने योजनालाई महासङ्घ जिल्ला शाखाले अगाडि बढाएको छ ।

भवन निमार्णका लागि पहिलो चरणमा जग्गा व्यवस्थापनको काम थालिएको महासङ्घका जिल्ला अध्यक्ष होमराज रानाभाटले जानकारी दिए । जग्गा व्यवस्थापनपश्चात् करीब रु एक करोड ५० लाख खर्च गरेर सुविधा सम्पन्न भवन बनाउने योजना रहेको महासङ्घ शाखाका सचिव प्रेम न्यौपानेले बताए ।