आर्थिक

सन्राइज बैंकको टाँडी शाखा कार्यालय स्थानान्तरण

काठमाडौं । सन्राइज बैंकले चितवन जिल्लाको रत्ननगर न.पा.वडा नं २ स्थित शाखा कार्यालयलाई साविकको स्थानबाट करिब ५० मि. को दुरीमा स्थान्तरण गरेको छ ।

बुधबार एक कार्यक्रमका बीच रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्न राज बज्राचार्यद्वारा स्थानान्तरण गरिएको शाखाको संयुक्त रूपमा उद्घाटन गरे । उक्त उद्घाटन समारोहमा बैंकका नायव महाप्रबन्धक अपछ कुमार यादव लगायत स्थानीयबासिको उपस्थिती रहेको थियो ।

हाल सन्राइज बैंकले मुलुकभर आफ्नो १०३ वटा शाखा, ११८ वटा एटिएम, २८ वटा शाखारहित बैंकिङ्ग सेवा र ४ वटा एक्सटेन्सन काउण्टर मार्फत आफ्ना ५ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै मर्चेन्ट बैकिङ्ग तथा ईन्भेष्टमेन्ट बैकिङ्ग कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सन्राइज क्यापिटल रहेको छ ।