सामाजिक सञ्जाल

फेसबुकमा देखिएको अहिलेसम्मकै ठुलो समस्याले गर्दा प्रयोगकर्ता प्रभावित

काठमाडौँ । बुधबारदेखि सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा समस्या देखिएको छ । समाजिक सञ्जालमा देखिएको समस्याले गर्दा फेसबुक प्रयोगकर्तालाई भने तनाव र्सिजना भएको छ ।

केही प्रयोगकर्ताका फेसबुक र इन्स्टाग्राम भने पुर्ण रुपमै बन्द भएका छन् ।  अरु केहीका खुलेको भएपनि राम्रोसँग चलेका छैनन् । म्यासेञ्जर एपले मोबाइलमा अलिकति काम गरेको छ तर कम्पुटर डेस्कटपमा भने धरै समस्या आएको देखिन्छ ।

यो नेपाल लगायत विश्वका देश ( अमेरिका, बेलायत, पेरु, कोलम्बिया) का प्रयोगकर्ताको फेसबुकमा राम्रोसँग स्टाटस वा तस्बिर राख्न भने सकिरहेका छैनन् भन्ने विभिन्न अन्तराष्ट्रिय  सञ्चारमाध्यमले बताएका छन् । फेसबुकले समस्या समाधानका लागि पहल गरिरहेको र केही समयमै समस्या समाधान हुने जनाएको छ ।