राजनीति

सरकारको प्रतिबन्धपछि विप्लवको चेतावनीः केपी–बादल कम्पनीसंग लड्न तयार छौं

काठमाण्डौ । विप्लव नेतृत्वको नेकपाले प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दहाल, गृहमन्त्री रामबहादुर थापालाई आफूहरुलाई भन्दा पनि राष्ट्र बेचेर खाने, विदेशीको दलाली गर्ने, भ्रष्ट कमिसनखोर, तस्करहरुसंग मिलेर जघन्य अपराध गर्ने अपराधी, राज्यका मन्त्री र उनीहरुका मतियार प्रतिबन्ध लगाईनुपर्ने विचार व्यक्त गरेको छ ।

नेकपाले निकालेको विज्ञप्तीका अनुसार प्रधानमन्त्री ओली र गृहमन्त्री थापालाई केपी बादल कम्पनीको संज्ञा दिदै उनीहरुसंग लड्न आफूहरु तयार रहेको र एकरतीपनि नडराउने चेतावनी दिएको छ । विप्लवले प्रकाशित गरेको विज्ञप्तीमा भनिएको छ । दलालहरुले आफ्नो राज्यसत्ता जहिल्यै जनताका बिरुद्धमा हुने भएपनि कहिल्यै सफल नभएका उदाहरणहरु प्रशस्त भएको उदाहरण दिँदै चन्दा उठाउनु आफूहको नैसर्गीक अधिकार भएको दाबी गरेका छन् ।

नेकपा नेतृत्वको सरकारले विप्लव नेतृत्वको नेकपाले प्रतिबन्ध लगाएपछि विप्लवको प्रतिकृया स्वरुप चेतावनी स्वरुप उक्त विज्ञप्ती आएको हो । उनले केपी ओली, बादल र पुष्पकमल दहालले कम्युनिष्टमाथी गद्दारी गरेको आरोप लगाए । विप्लवको विज्ञप्तीः