बाग्मती

झुण्डिएको अवस्थामा महिलाको शव फेला

सप्तरी । कञ्चनरूप नगरपालिका–५ पिप्रा पूर्वमा एक महिलाको झुण्डिएको अवस्थामा शव फेला परेको छ । स्थानीय कुशेश्वर चौधरीकी श्रीमती २५ वर्षीया माला चौधरीको शव फेला परेको सप्तरी प्रहरीले जनाएको छ ।

घर पछाडिको बारीमा रहेको आँपको रूखको हाँगामा आफैँले लगाएको साडीको पासो लगाई झुण्डी मृत्यु अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक प्रतीक विष्टले बताए ।