प्रदेश 2

बालकद्वारा आत्महत्या

सप्तरी । राजविराजमा बुधबार एक बालकले आत्महत्या गरेका छन् । सप्तरीको तिरहुत गाउँपालिका–५ लोहजरा घर भएका कुलानन्द यादवका छोरा १६ वर्षीय गौतम यादवले आत्महत्या गरेको स्थानीयवासीले बताए ।

राजविराज नगरपालिका–३ स्थित रोशन साहको घरमा कोठा बहाल लिई बस्ने गरेका यादवले कोठाको सिलिङ पङ्खामा कपडाको गम्छाको पासो लगाई झुण्डी आत्महत्या गरेका हुन् ।

नजीकैको ह्याप्पी ल्याण्ड सेकेण्डरी माविमा कक्षा नौमा अध्ययनरत यादवले एकोहोरा प्रेम असफल भएका कारण आत्महत्या गरेको उनका साथीहरुले बताएका छन् ।