समाचार

चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि देश पुनः हिंसाको बाटोतर्फ – अध्यक्ष थापा

दमौली । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्म निरपेक्षताको आडमा धर्म परिवर्तन गराएर विदेशी धर्म स्थापित गर्न खोजिएको आरोप लगाएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले सञ्चालन गरेको मेची महाकाली स्वाभिमान यात्राका अवसरमा बुधबार दमौलीमा आयोजित कोणसभामा थापाले सनातन हिन्दू धर्ममाथि आक्रमण गरी सङ्गठितरुपमा विदेशी धर्म स्थापित गर्ने षड्यन्त्र भइरहेको बताए ।

उनले भने, “नेपालको सनातन धर्म हिन्दू, बौद्ध र किराँत धर्ममाथि सङ्गठितरुपले आक्रमण भइरहेको छ ।” नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने सरकारको निर्णयले देश फेरि हिंसाको बाटोतर्फ अगाडि बढ्ने त होइन भन्ने आशङ्का उत्पन्न गराएको थापाको भनाइ थियो ।