बाग्मती

विशेष समारोहमा ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ । भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले आज अपराह्न त्यहाँका राष्ट्रपति रामनाथ कोविन्द समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्।

नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राजदूत आचार्यले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् ।

ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि आफुसँग भएको शिष्टाचार भेटमा भारतका राष्ट्रपतिले शताब्दीऔं पुरानो नेपाल–भारत र दुई देशका जनताबीचको सम्बन्धको चर्चा गरेको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ । उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली जनताप्रति शुभेच्छा प्रकट गरेका थिए ।

त्यसअघि राजदूत आचार्यले राष्ट्रपति भण्डारी, प्रधानमन्त्री ओली र नेपाली जनताका तर्फबाट राष्ट्रपति कोविन्दको व्यक्तिगत सुख, सुवास्थ्यका साथै भारतका जनताको निरन्तर प्रगतिको कामना गरेका थिए ।